त्रि वि सेवा आयोगमा आफन्तहरु भर्ना गरेको खुलासा

TU Service Commission

नमस्ते ईन्यूज, २३ वैशाख । त्रिभुवन विश्वविद्यालय सेवा आयोगमा आयोग अध्यक्ष लगायतले आफन्तहरु भर्ना गरेको खुल्न आएको छ । यही बैशाख १३ गते प्रकासित विज्ञापन नं. १८/०७३/०७४ को नतिजा मा आफन्तहरुको मात्र नाम निकालेको भनेर तत्कालिन नेकपा माओवादी निकट नेपाल राष्ट्रिय कर्मचारी संगठनले आपत्ति जनाएको छ । सो संगठनका केन्द्रिय समितिका पदाधिकारीहरु सेवा आयोग का अध्यक्ष लाई सो बिषयमा बुझन जाँदा  प्रहरी लगाई प्रवेश गर्न दिईएको थिएन । संगठन द्धारा जारी विज्ञप्तिमा यस्ता कार्यमा संलग्न पदाधिकारी तथा कर्मचारीहरुलाई छानविन गरी कार्यवाही गर्न समेत माग गरिएको छ । 
उपरोक्त विज्ञपनको नतिजा मा आर्थिक चलखेल भएको हुन सक्ने आशंका समेत गरिएको छ । सेवा आयोगका अध्यक्ष चैतन्य प्रसाद शर्माको पदावधि यही अषारमा सकिने भएकोले नाता परिवारका सदस्यहरु लाई कर्मचारीमा जागिर सुनिश्चित गर्न खोजिएको अनुमान रहेको छ ।