बुबाको ईच्छा पुरा गर्दै शिक्षक र सञ्चारकर्मी हुँदै संगीत क्षेत्रमा प्रवेश गरे : टम्पशेर राई

Singer Tampasher Rai

नमस्ते ईन्यूज, २९ असोज । गायक तथा संगीतकार टम्पशेर राईको नयाँ गित  म तिमीलाई माया गर्छु भन्नै पर्दैन , हजुरको आँखाले बोल्छ भन्ने म्युजिक भिडियो भर्खरै युभट्युभ मार्फत सार्वजनिक भएको छ । यस गितमा शब्द संगीत तथा स्वर टम्पशेर राईको रहेको छ भने उनलाई स्वरमा मेलिना राईले साथ दिएकी छिन ।  यो गितमा मोडल रिमा विश्वकर्मा र आयुष बराईलीले अभिनय गरेका छन । त्यसैगरी निकेश खड्काको निर्देशन तथा अमोश तामाङ्गको एरेन्ज रहेको यो गितलाई हाईलाईट्स नेपालले बजारमा असोज १९ गते ल्याएको हो । युभट्युभमा सार्वजनिक भएको छोटो समयमा नै ५ लाख भन्दा वढि दर्शकले यो म्यूजिक भिडियो हेरेर सकरात्मक प्रतिक्रिया दिएका छन् । 

उदयपुरमा जन्मेका गायक तथा संगीतकार टम्पशेर राई बुबाको ईच्छा पुरा गर्दै शिक्षक र सञ्चारकर्मी हुँदै  संगीत क्षेत्रमा प्रवेश गरेका हुन । टम्पशेर राईको संगीतमा  चर्चित गायक राजेश पायल राई, दिपक लिम्बु ,रुप कुमार राई , मौसमी गुरुङ्ग मेलिना राईले दर्जनौ गित गाईसकेका छन । टम्पशेर राईको शब्द, संगीत र स्वरमा रहेको म्युजिक भिडियोमा नेपालका चर्चित मोडलहरु पुष्पल खड्का ,रिमा विश्वकर्मा , अश्मिता राई, कमलसिंह ठकुरी र सुस्मा कटवालले अभिनय गरिसकेका छन । 
टम्पशेर राईले गाएको गित मेरो बोली रसीलो धेरै आए चोली खोल्न तुना कसीलो , सुखमा होस दुखमा होस ,बाबाले रोजेको व्रिटिसको लाहुरे ,सकिन्न बन्न व्रिटिसको लाहुरे जस्ता गितहरु चर्चित रहेका छन । पछिल्लो समय स्टेज कार्यक्रममा व्यस्त टम्पशेर राई दशै लगतै बेलायतमा सांगेतीक कार्यक्रममा जादैछन भने स्वदेश फर्केपछि देशको विभिन्न सांगेतीक कार्यक्रमको लागि व्यस्त हुनेछन ।

रेडियो तथा स्टेज कार्यक्रम सञ्चालकको रुपमा पछिल्लो समयमा निक्कै नै लोकप्रियता कमाएका युवा सञ्चारकर्मी टम्पशेरले तीनदर्जन भन्दा वढी गीतहरु लेख्नुका साथै संगीत भरिसकेका छन् । नेपालकै चर्चित गायक राजेश पायल राई, दिपक लिम्बू र गायिका मेलिना राईसँग काम गरिसकेका टम्पशेर पछिल्लो समयमा एकपछि अर्को गर्दै विभिन्न गीतहरुको म्युजिक भिडियो निकाल्नमा व्यस्त छन् ।

लामो समयसम्म रेडियोमा काम गरिसकेका गायक टम्पशेर सानैदेखिनै संगीत क्षेत्रमा सक्रिय छन् ।