प्रेम लीलाको पहिलो लुक्स सार्वजनिक

नमस्ते ईन्यूज असोज १७ गते । नेपाली चलचित्र प्रेम लीलाको पहिलो लुक्स सार्वजनिक गरिएको छ ।
बुधबार राजधानीमा एक कार्यक्रम गरी चलचित्रकी नायिका एवंम निर्माता दीपशिखा खड्काले यो फिल्ममा विदेशबाट नेपालमा आएका युवाले नेपाली युवतीसंग गरिएको प्रेमको कथा वस्तु समेटिएको जानकारी गराईन ।
पहिलो पटक सार्वजनिक भएको प्रेम लीलाको पोस्टरमा नायिका दीपशिखा खड्काको कपाल मुन्डन गरिएको तस्वीर रहेको छ । आगामी माघ २५ गते देशभरी प्रदर्शन गरिने घोषणा गरिएको यो फिल्ममा बलिउडका मोडल अलीखानले नायकको भुमिकामा अभिनय गरेका छन । त्यसैगरी यस फिल्ममा मौसम खड्काले पनि नायक भुमिकामा अभिनय गरेका छन । मौसम खड्का र अलि खानको यो पहिलो डेभ्यु मुभि हो । छायांकन सकिएपनि पोस्टरका लागि लागी पाँचपटक सम्म कपाल मुण्डन गर्नुपरेको नायिका दिपशिखाले पत्रकार सम्मेलनमा जानकारी गराईन ।
डविङ्गका लागि विदेशी नायक अलि खानलाई भाषागत समस्या पर्यो कि भन्ने प्रश्नमा नायिका दिपशिखाले नायक अलि खानले फिल्म भरी नै हिन्दी भाषामा डाइलग गरेको जानकारी गराईन । फिल्मको कथा अनुसार नै अलि खानले हिन्दीमा बोलेको खुलासा गरीन ।
यस फिल्मको कथा स्क्रीप्टन दिपशिखा खड्को रहेको छ । त्यसैगरी फिल्मलाई जनक पाण्डेले निर्देशन गरेका छन भने पवन गौतमको छायांकन गरेको छ ।
सुनिल मानन्धरले वितरणको जिम्मा लिएका छन भने नानीमैया कार्की र फैजिल फिल्मसको लगानी रहेको छ ।
चलचित्रमा संगीतकारहरु महेश खड्का,नबिन कार्की र रबिराज शाहको संगीतमा गायक राजेश पायल राइ , शोभा पाण्डे र भारतीय गायक राजा हसन को स्वर रहेको छ ।