निर्जलाको दोश्रो गित तथा टेलर सार्वजनिक

Nirjala Song and Trailor Release

नमस्ते ईन्यूज, असोज ०४ । आउने  असोज १९ गते  देखि देशव्यापी रुपमा प्रर्दशन हुने भनिएको नेपाली चलचित्र निर्जलाको दोश्रो गित तथा टेलर सार्वजनिक गरिएको छ ।

दशैको अबसर पारेर प्रर्दशनमा आउन लागेको यस चलचित्रको दोश्रो गित पनि दशैसंग सम्बन्धीत यस पालीको दशैमा चटटै आँखा लाग्यो  निर्जलाको कानको रिङ्गमा  भन्ने बोल रहेको छ ।
विहिबार सार्वजनिक गरिएको यस गितमा  संगितकार बाबुल गिरी आफैले स्वर दिनु भएको छ । यसैगरी फिमेल स्वरमा सुजता बर्माको रहेछ भने यस गितलाई दिनेश सुवेदीले लेख्नु भएको छ ।
यस गितमा नायक किसोर खतिवडा, नायिका  शुभेच्छा थापासंगै निर्देशक राजु गिरी निर्माता प्रकाशचन्द्र न्यौपाने शारदा गिरी, सुरवीर पण्डीत, श्याम राई लगायतको अभिनय रहेको छ । 
राजु गिरी प्रोडक्सनको सहयोगमा शुभश्री फिल्म्स प्रोडक्सनको प्रस्तुत रहेको नारी प्रधान चलचित्र  निर्जलाको कथा नायिका शुभेच्छा थापा आफैले लेख्नु भएको हो  । यस अघि राजु गिरीले बनाएको तथा शुभेच्छा थापाले अभिनय गरेको चलचित्र उताउलो  र भल्गर  भनेर छाप परे पनि यो फिल्म नितान्त पारिवारिक कथा बस्तुमा एउटा नारीको जिवनीलाई समेटिएर बनाईएको  चलचित्र भएको नायिका शुभेच्छा थापाले विहिबार गित तथा टेलर सार्वजनिक कार्यक्रममा स्पष्ट पार्नु भयो । चलचित्र निर्जलाले यस अघि पहिलो गित भाले मोटर सार्वजनिक गरेको थियो ।
चलचित्र निर्जला देशव्यापी रुपमा प्रर्दशन भए लगतै अर्को चलचित्रको घोषणा गरिने निर्माता प्रकाशचन्द्र न्यौपानेले जानकारी गराउँनु भयो । 
निर्जला निर्माता प्रकाशचन्द्र न्यौपानेको पहिलो चलचित्र हो । अघिल्लो बर्ष पुस देखि छायांकन गरिएको यस चलचित्र बनाउन मेहिनेत गरेकाले अन्य चलचित्रको दाँजोमा राम्रो बनेको निर्देशक राजु गिरीले बताउनु भयो ।
चलचित्र निर्जलामा निर्जलाको भूमिकामा नायिका शुभेच्छा थापा हुनु हुन्छ । त्यसैगरी नायकमा किसोर खतिवडा , निक शर्मा , सुरवीर पण्डीत, श्याम राई , रुमी भट्ट ,पल्पसा डंगोल , राजकुमार थापा  लगायतको अभिनय रहेको छ । 

भिडियोको लागि यहाँ क्लीक गर्नुस