चलचित्र कप्टीको छायांकन अन्तिम चरणमा

Nepali Movie

नमस्ते ईन्यूज, ११ कार्तिक । जर्मनीमा सम्पन्न १२ औ विश्व मार्सल आट्स प्रतियोगितामा स्र्वण पदक विजेता भृुपेन्द्र गुरुङ्गद्धारा निर्देशीत नेपाली चलचित्र कप्टीको छायांकन अन्तिम चरणमा पुगेको छ ।
फिल्मी क्षेत्रमा सफल कोरियो ग्राफरको रुपमा परिचित भृुपेन्द्र गुरुङ्गले निर्देशन गरेको यो पहिलो  नेपाली चलचित्र हो । यस चलचित्रको कथा पनि निर्देशक गुरुङ्गले आफैले लेख्नु भएको हो । 


 नेपाली समाजमा भएको छलकपटलाई पर्दामा उतारीएको यो चलचित्रको ७५ प्रतिशत छायांकन सकिएको निर्देशक गुरुङ्गले नमस्ते ईन्यूजलाई जानकारी दिनु भएको छ । खाली चलचित्रमा समाबेश ३ वटा गित मात्र छायांकन गर्न बाँकी रहेको छ । 
नेपाली गाउँले परिवेशको कथा समावेश यो चलचित्रको अघिकांश छायांकन सोलुखुम्बुको विकट क्षेत्र सुकेपोखरी , जुबु , मैदल र बलाङ्गमा  गरिएको छ ।  

चलचित्र कप्टीमा जादुगर तथा हाँस्यकलाकारको रुपमा परिचय बनाएका शेरबहादुर गुरुङ्ग , नायक उमेश गुरुङ्ग, नायिका उर्मिला गुरुङ्ग, केशव राई , स्मृती बलामी, सोनी गुरुङ्ग, विकाश गुरुङ्ग, विनु राई , माया तामाङ्ग लगायतका कलाकारले अभिनय गरेका छन । प्रेम बहादुर गुरुङ्ग , मिनु लामा र देव बहादुर गुरुङ्गको लगानी रहेको चलचित्र कप्टीमा समावेश  गीतको रचना तथा संगीतकार आश्रम गुरुङ्ग हुनुहुन्छ । यस चलचित्रमा समावेश गरिएको गितहरुमा नारायण रायमाझी, मेलिना राई, समेन्द्र सेवाङ्ग, टिका पुन र तारासेस मगरको आवाज रहेको छ । निर्देशक भृुपेन्द्र गुरुङ्ग नेपाल उमा कम्फु संघका केन्द्रीय महासचिव पनि हुनुहुन्छ । साथै उहाँ यो खेलको खेलाडी प्रशिक्षक र निर्णायक पनि हुनुहुन्छ  

 आज हामीले निर्देशक भृुपेन्द्र गुरुङ्गसंग चलचित्र तथा खेलक्षेत्रसंग सम्बन्धीत रहेर कुराकानी गरेका छौ । 
उहासंगको कुराकानी यो भिडियोमा हेर्नसक्नु हुन्छ ।