युथहरुले बुझेर नबुझेर लव गर्छन, चलचित्र ड्रिम गर्लले लव गर्न सिकाउँछ

Love Story Dream Girl

नमस्ते ईन्यूज, असोज ०३ ।  चलचित्र ड्रिम गर्ल मंसिर ७ गते  देखि देशव्यापी रुपमा प्रर्दशन हुँदैछ ।  

युवा निर्देशक ऋषि राज आचार्यले निर्देशन गर्नु भएको यस चलचित्रमा  नायक आकाश श्रेष्ठ नायिकाहरु आश्मा गिरी र पुजा पराजुलीले अभिनय गरेका छन । आश्मा र पुजाको यो डेव्यु फिल्म हो । प्रेमकथामा आधारित चलचित्र ड्रिम गर्लले अहिलेको आधुनिक जमानामा प्रेमगर्दा जानेर र नजानेर गर्ने गल्तीले निम्ताउने परिस्थीतीलाई समेटेको निर्देशक आचार्यले बताउनु भयो । 

दशैको उपहारको रुपमा रिलिज गरिएको ड्रिम गर्ल नितान्त परिवारसंग बसेर ढुक्क संग मनोरंजन लिन सकिने पनि निर्देशक आचार्यको भनाई छ । नेपालको सुन्दर ठाउँ रारा ताल र नेपाल बाहिर थाईल्याडका विभिन्न ठाउँमा छायाकन गरिएको यस चलचित्रको गितमा अर्जुन पोखरेले संगीत भर्नु भएको छ भने अन्जु पन्त र सुरेश लामाले स्वर दिनु भएको छ । 
आफैले लेख्नु भएको कथामा निर्देशक ऋषि राज आचार्यले निर्देशन गर्नु भएको चलचित्र ड्रिम गर्लमा निर्देशक आचार्यसंगै अर्जुन शर्मा  र रामेश्वर धिताल निर्माता हुनु हुन्छ । 
चलचित्रमा सरोज खनाल , विल्सन विक्रम राई , लक्ष्मी गिरी , सुरवीर पण्डीत निर्मल शर्मा अर्जुन श्रेष्ठ रश्मी भट्ट शिसिर भण्डारी लगायतका कलाकारले अभिनय गरेका छन ।