बालुवाको महलको म्युजिक भिडियो शुक्रबार सार्वजनिक गरिने

Baluwa Ko Mahal

नमस्ते ईन्यूज असोज १७ । आर .एस क्रियसन एण्ड प्रोडक्सनको प्रस्तुती  बालुवाको महलको म्युजिक भिडियो शुक्रबार सार्वजनिक गरिने भएको छ । 

युट्युभ तथा टिभि च्यानलबाट एक साथ सार्बजनिक हुने म्युजिक भिडियोमा सन्जय श्रेष्ठको निर्देशन, सम्पादन  तथा अभिनय रहेको छ भने  सरिता प्रजापतीले स्वर दिनु भएको छ । 

देशभक्तीको भावना बोकेको यो गितका रचनाकार  राम गोपाल आशुतोष , संगीत हरि लम्साल , एरेन्ज गोपाल रसाईलीको रहेको छ ।

अमित उदय पाल्पाली शाक्यले खिच्नु भएको  यो म्युजिक भिडियोमा सन्जय श्रेष्ठ र रेश्मा श्रेष्ठले मुख्य भुमिकामा अभिनय गर्नु भएको छ भने उहाँहरुलाई कलाकार रवि श्रेष्ठ र  सुधिर रेले साथ दिनु भएको छ ।

यस अघि सरिता प्रजापतीले गाउनु भएको नेवारी गीत लाप्चा थे बोया वोलको गितमा पनि सन्जय श्रेष्ठ र रेश्मा श्रेष्ठको मुख्य भुमिका रहेको थियो । सरिता प्रजापतीले गाउनु भएको म्युजिक भिडियोमा संजयले अभिनय गरेको यो दोश्रो पटक हो भने संजयले अहिलेसम्म दर्जनौ म्युजिक भिडियो अभिनय गरिसक्नु भएको छ । 

बालुवाको महलको म्युजिक म्युजिक भिडियोमा पशुपति स्वयम्भु तथा तारकेश्वर महादेव परिसरको दृश्य देख्न पाईन्छ  ।