बहिर्गमित जनमुक्ती सेना नेपालद्धारा आफु विरुद्ध गलत क्रियाकलाप गर्ने संस्थालाई कारबाही गर्ने चेतावनी

बहिर्गमित जनमुक्ती सेना नेपाललेनेपालको शान्ति प्रक्रिया , बाल सेनाको व्यवस्थापन , घाईते तथा अपांगहरुको व्यवस्थापन तथा बेपत्ता परिवारहरुको व्यवस्थापनको नाममा केही एनजीओ, आईएनजाओले गलत क्रियाकलाप गरेको विषयमा नेपाल सरकार तथा सम्बन्धीत पक्षहरु संग उनीहरुलाई कडा कारबाही गर्न माग गरेको छ ।
विक्रम सम्बत २०६६ सालको क्यान्टोन मेन्टबाट बहिर्गमित भएका ४००८ जना जन मुक्ती सेनाले बहिर्गमित जनमुक्ती सेना नेपाल केन्द्रीय संघर्ष समिती मार्फत आफ्नो अधिकारका लागि पटक पटक माग र विरोधका कार्यक्रम गरे पनि सरकारले विगतमा भएका सहमति र सम्झौताहरु कार्यानयन नगरेको आरोप पनि लगाएको छ ।
विज्ञप्ती मार्फत बहिर्गमित जनमुक्ती सेना नेपालले पिस बिल्डीड।ईनिसिएटिभ नामक एनजिओले विगत लामो समय देखि बहिर्गमित जनमुक्ती सेना नेपाल विरुद्ध गलत क्रियाकलाप गरेकोमा पनि घोर आपत्ती जनाएको छ । यस्ता सस्थालेबहिर्गमित जनमुक्ती सेना नेपाल विरुद्ध केही क्रियाकलाप गरेमा कडा भन्दा कडा कारबाही गरिने पनि जनाएको छ ।