आमशी राईको शब्दरसंगित र दिपा तामाङको आवाजमा नेपाल प्यारो छ [ हेर्नुहोस् भिडियोे]

आमशी राईको शब्दरसंगित र दिपा तामाङको आवाजमा नेपाल प्यारो छ

नमस्ते ईन्यूज,०२ असोज । गायिका दिपा तामाङको नेपाल प्यारो छ,बोलको नयाँ गित सार्बजनिक भएको छ।

आमशी राईको शब्द, संगित,रहेको यो गीत “नेपाल संस्कृति कला केन्द्र” को आधिकारिक अफिसियल युटुब च्यानल बाट आज सार्बजानिक भएको हो। यश गितको सङ्गीत सम्योजन साहास साक्यको रहेको छ भने छायांकन तथा सम्पादन बिनोद मगर को रहेको छ।

यो गितको नृत्य कोरियोग्राफी तथा भिडियो निर्देशन पनि आमशी राईले नै गरेका हुन भने उक्त गितको म्युजिक भिडियोमा जेनिशा गुरुङ, रोमा राई लगायतका कलाकारहरुको अभिनय रहेको छ। ए वान म्युजिसियन स्टुडियोमा रेकर्डिङ भएको यो गितको रेकर्डिष्ट राजेश श्रेष्ठ हुन भने यो गितलाई मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका हुन। नेपालको प्राकृतिक सौदर्य, संस्कृति तथा भेषभुसा हरुको वर्णन गरिएको यो लोक आधुनिक गित लाई आफ्नै माटो समाज लाई बुझ्ने अनि नेपाल र नेपालीलाई मन पराउने आम नेपाली मनहरुले मन पराईदिने कुरामा आफुहरु बिष्वस्त रहेको कुरा गित निर्माण पक्षले हाम्रो आवाजलाई बताए।

हेर्नुहोस् भिडियो