उपत्यकामा ब्रोइलर कुखुराको मासु गुन्द्रुक भन्दा पनि सस्तो भयो

उपत्यकामा ब्रोइलर कुखुराको मासु गुन्द्रुक भन्दा पनि सस्तो भयो

नमस्ते ईन्यूज,१३ भाद्र ।कोरोना संक्रमण बढ्दै जाँदा काठमाडौं उपत्यकामा ब्रोइलर कुखुराको मासु गुन्द्रुक भन्दा पनि सस्तो भएको खुल्न आएको छ । काठमाडौँमा आज ब्रोइलर कुखुराको मासु प्रतिकिलो २४० देखि २६० रुपैयाँमा कारोबार भइरहेको छ तर कालिमाटी फलफूल तथा तरकारी विकास समितिले आज गुन्द्रुकको अधिकतम मूल्य प्रतिकिलो ३०० रुपैयाँ तोकेको छ ।
नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार यो सातामा तीन पटकसम्म मूल्य घटेको छ । मूल्य घटे पनि मासुको बिक्री नबढेपछि किसानहरु चिन्तित भएको संघले जनाएको छ । निषेधाज्ञाले गर्दा मासुको खपत कम भएको हो। सामान्य अवस्थामा काठमाडौं उपत्यकामा तीन लाख किलो मासुको माग हुने गरेको संघले जनाएको छ । तर, अहिले मासुको माग एकदमै कम भएको संघले जनाएको छ।