भारतमा कोरोना महामारी थप चुनौतीपूर्ण बन्दै,एकै दिन ६९ हजार कोरोना संक्रमित थपिए

 भारतमा कोरोना महामारी थप चुनौतीपूर्ण बन्दै,एकै दिन ६९ हजार कोरोना संक्रमित थपिए

नमस्ते ईन्यूज,०४ भाद्र । विश्वभर बढ्दै गएको कोरोना महामारी भारतमा थप चुनौतीपूर्ण बन्दैछ । यो बीचमा भारतमा एकै दिन ६९ हजार कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ६९ हजार १९६ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २८ लाख ३५ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ९८० जनाको मृत्यु भएसँगै भारतमा कुल मृतकको संख्या ५३ हजार ९९४ पुगेको छ । विश्वभर कुल संक्रमितको संख्या २ करोड २५ लाख ५६ हजार पुगेको छ भने ७ लाख ८९ हजार जनाको मृत्यु भएको छ । अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या १ करोड ५२ लाख पुगेको छ ।